तनहूँ । प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमलाई असंवैधानिक भनिरहेको नेकपा प्रचण्ड नेपाल समुहले माघ २२ मा आव्हान गरेको नेपाल बन्दको क्रममा तनहूँमा पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै नेकपा प्रचण्ड नेपाल समुहकी केन्द्रीय सदस्य नेकपा तथा तनहूँ जिल्लाकी सह ईन्चाज आशा कोईरालाले एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ,प्रदेस सदस्य अतिन्द् केशरी न्यौपाने युवासंघका अध्यक्ष ईश्वर बस्याल लगायत डेढ दर्जन नेता कार्यकताको आज गिरफतारीको घोर भत्सर्ना गर्दछु ।
केपी वली सरकारको असम्बैधानिक कदमका विरुद्ध गरिएको आन्दोलनमा गरिएको प्रहरी दमनको निन्दा गर्दै पक्राउ परेको नेताहरुको विनासर्त तत्काल रिहाइको माग गर्दछु। साथै आन्दोलनको दमन नगर्न प्रहरी प्रशासनलाई अपिल गर्दछु ।
आशा कोईराला
केन्द्रीय सदस्य नेकपा
तनहूँ जिल्ला सह ईन्चाज (नेकपा )
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश
बन्द आव्हान गर्दै दमौलीको सडकमा निस्केको टोलीलाई तनहूँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय तनहूँका प्रवक्ता युवराज तिमल्सेनाका अनुसार सवारी आगमनमा अवरोध पुर्याउदै तोडफोड गर्न खोज्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको हो ।








