तनहुँ । आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा आगामी साउन २७ गतेबाट सुरु हुने आइसिटी बुट क्याम्पको तयारी पूरा भएको छ। बुट क्याम्पको तयारी सम्बन्धमा एवि आइटि विद्यार्थी क्लबको विस्तारित बैठक आज २०८१ साउन २४ गते विहान क्याम्पसको कम्प्युटर प्रयोगशालामा सम्पन्न भएको छ ।
बैठकमा बुट क्याम्पको तयारीमा हालसम्म भएको प्रगतिका बारेमा क्याम्पस प्रशासन बाट क्याम्पस प्रमुख महाप्रसाद हडखले, विआइसिटी कार्यक्रमका तर्फबाट कार्यक्रमका प्रमुख इन्जिनियर घनबहादुर थापा र एवि आईटि क्लव का तर्फबाट अध्यक्ष विशाल रिचालले बैठकका सहभागि प्राध्यापक र विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिआइसिटि कार्यक्रमका विद्यार्थीहरूलाई क्याम्पसले नियमित पाठ्यक्रमका अलावा सूचना तथा प्रविधि शिक्षामा आधारित रही क्ष्त् मा थप ज्ञान र सिप दिने उद्देश्यका साथ पुरक पाठ्यक्रम बनाएर हरेक वर्ष कम्तीमा ३ वटा Boot Camp सञ्चालन गर्दै आएको छ।
क्याम्पसमा आदिकवि भानुभक्त क्याम्पस, तनहुँ, बालकुमारी कलेज, चितवन, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा, मकवानपुर, म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ र वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा का गरी ६ ओटा क्याम्पसका विआईइसिटिई कर्यक्रममा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभगीतामा २०८१ साउन २७ गते देखी २०८१ भदौ २ गतेसम्म यस वर्षको बर्षको दोश्रो Summer Boot Camp बुट क्याम्पको सुरु गर्न लागेको छ। यस बुट क्याम्पमा विद्यार्थीहरूले झ्यालढोका पङ्खा बिजुली टिभी सवारी साधन आदिमा प्रयोग अटोमेटिक डिभाइसहरू निर्माण गर्नका लागि तालिम लिनेछन्। क्याम्पसले त्यस्ता डिभाइसहरू निर्माणको परियोजना सुरु गर्न लागेका विद्यार्थीहरूलाई व्यावसायिक प्रोत्साहनका लागि हयोग पुर्याउने उद्देश्यले लागि बिउ पुँजीको पनि व्यवस्था मिलाएको छ। नेपालमा त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा सञ्चालन गरेको विभिन्न सूचना प्रविधिका कार्यक्रमहरूमध्ये सबैभन्दा सुलभ र सबैभन्दा उपयोगी कार्यक्रमको रूपमा बिआइसिटी कार्यक्रमलाई लिने गरिन्छ। कार्यक्रमको अध्ययन गरे पछि विद्यार्थीहरु कम्प्युटरका सफ्टवेयर र हार्डवेयर डिजाइनिङ्ग गर्न, सरकारी कार्यालय तथा विद्यालयहरूमा कम्प्युटर अधिकृतको रुपमा कार्य गर्न, आइटीका स्नातकोत्तर तहका कार्यक्रमहरूमा भर्ना भई अध्ययन गर्न, कम्प्युटरको सक्रियता हार्डवेर सम्बन्धी डेभलपर भएर आत्मनिर्भर व्यवसायी बन्न दक्ष हुने गर्दछन्। विषयलाई रोजगारमूलक विषयको रुपमा लिने गर्दछ। यो विषय बिहानी सत्रमा पढाइ हुने हुँदा काम गर्दै पढ्न पाउने सुविधा पनि उपलब्ध छ। यस विषयमा क्याम्पसले पर्याप्त छात्रवृत्ति र छात्रावास सुविधाको व्यवस्था पनि मिलाएको छ । क्याम्पसले चार वर्षको कुल तीन लाख २० हजारमा एक कोर्स पढ्ने व्यवस्था मिलाएको छ। गोर्खा लमजुङ तनहुमा मात्र आदिकवि भानुभक्त क्याम्पसमा अध्यापन हुने गर्छ। हाल क्याम्पसले यस कार्यक्रममा ३६ जना विद्यार्थीहरू भर्ना गर्न पाउने अधिकार राख्दछ।








