टिचिङ हस्पिटलको छतबाट हाम फालेर युवाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्