श्रीमतीको हत्या अभियोगमा एक झापाली पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

झापामा श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।

मंगलाबार साँझ झापाको शिवसताक्षी नगरपालिका–८ मा ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको आरोपमा उनकै श्रीमान ओमप्रकाश अधिकारी पक्राउ पर‍ेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार सामान्य विवादमा ओमप्रकाशले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमती रञ्जनाको हत्या गरेका थिए।

श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो।

अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ुसाभार सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्