तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको घाँसीकुवामा निर्माणाधिन पृथ्वी राजमार्ग सडकखण्डमा ठुलो पहिरो गएको छ । साँझपख गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुन पुगेको छ । सडकभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले राजमार्गको भाग पुरेको छ । उक्त पहिरोले राजमार्ग नजिकै निर्माणाधीन अवस्थामा रहेका अस्थायी टहराहरुमा को समेत क्षति पुर्याएको छ । पहिरो गएको स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धार कार्यमा जुटेको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो हट्ने सम्भावना नभएको र पहिरोले पुर्याएको क्षतिविस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्