विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

कैलाली । आफ्नै विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विष्णु तिमिल्सेना रहेका छन् ।

तिमिल्सेनामाथि गत साउन ३० गते उपमहानगरपालिका(१ पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा आफू पढाउने विद्यालयको १७ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको आरोप छ । यस विषयमा उजुरी गरेपछि भदौ २ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्