आँधिमुल नेपाली कल्याण समाजद्वारा आँधिमुल मन्दिर जाने पैदलमार्ग सरसफाइ

बाबुराम नेपाली
  • ख-
  • ख+

आँधीमुल नेपाली कल्याण समाजले सत्रसय फाँट देखि आँधीमुल मन्दिर जाने पैदल मार्ग सरसफाइ कार्यक्रम गरेको छ । यही वर्ष साउन ७ गते शनिबार देखि सत्रसय फाँटबाट आँधीमुल जाने पैदल बाटोको पहिलो खण्ड सत्रसय फाँट देखि दवाडी चौतारासम्म सरसफाइ कार्यक्रम गरेर शुरूवात गरेको आँधीमुल नेपाली कल्याण समाजले अर्को हप्ता साउन १२ गते चाहना आमा समुहसँग संयुक्त रुपमा आँधीमुल मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो । सो दिन आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्याल समेत सो सरसफाइ अभियानमा संलग्न भएर मन्दिर परिसर सफा गरेर हौसला प्रदान गर्नुभएको थियो । त्यसै गरी साउन १९ गते रातमाटे धारीटोलदेखि आचार्यीनी चौतारासम्म सफाई गरिएको थियो भने साउन २६ गते शनिबारको दिन भने आँबु खैरेनी गाउँपालिका वडा नं. १ बाट SEE , +2 र प्राविधिक विषयमा डिप्लोमा गरेका १९ जना दलित छात्रछात्रालाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
भदौ १ गते शनिबारको दिन आचार्यीनी चौतारादेखि अछामी डाँडा हुँदै आँधीमुल जाने पीच बाटोसम्म सरसफाइ गरेको आँधीमुल नेपाली कल्याण समाजले भोलिपल्ट बुढीकुवा क्षेत्र सफा गरेको थियो । यस सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै भदौ ८ गते शनिबार दवाडी चौतारादेखि माझ चौतारोसम्मको आँधीमुल मन्दिर तथा यान्चोक जाने गोरेटो बाटो सरसफाइ गरेको छ ।
यस क्षेत्रको सम्पुर्ण जसो क्षेत्र सरसफाइ गरिसकेपछि मात्रै यो कार्यक्रम स्थगित गरिने योजना भए पनि आँधीमुल जाने सडकको दायाँबायाँ झाडी बढेको र यस क्षेत्रका अन्य उपभोक्ता , सडक समिति तथा स्थानिय निकाय उदासीन देखिएकोले आँधिमुल नेपाली कल्याण समाजकै अगुवाईमा सडक सफाइ अभियान पनि सन्चालन गर्न सकिने समाजका अध्यक्ष थमन सिं नेपालीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्