मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आईतबार बिहानै बस दुर्घटना हुदाँ १० जना घाईते

सर्वज्योति
  • ख-
  • ख+

९ भदौ, चितवन। मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आईतबार बिहानै बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

कन्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्