काठमाडौंको बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्