होटलमा २२ बर्षिय युवती मृत फेला, सँगै बसेको पुरुष फरार

सर्वज्योति
  • ख-
  • ख+

हेटौंडा । मकवानपुरको हेटौंडास्थित बसपार्क क्षेत्रमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छन् ।

हेटौंडा उपमहानगरपालिका- १० बसपार्कमा रहेको रत्ना होटलमा युवती मृत फेला परेकी हुन् । मृतक महिला हेटौंडा- ११ थानाभर्‍याङकी २२ वर्षीय एलिशा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बेलुका ७ बजे पहिचान नखुलेका पुरुषसँग होटल प्रवेश गरेकी युवती आइतबार दिउँसोसम्म ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले घटनास्थल पुगेर हेर्दा सिरकले मुख छोपेको अवस्थामा युवतीलाई मृत फेला पारेको थियो । खाटको वरपर रगतको टाटा देखिएको प्रहरीको भनाइ छ । ती महिलासँग आएको पुरुष भने शनिबार राति ९ बजे नै होटलबाट निस्किएको र फरार भएको प्रहरीको भनाइ छ ।

होटलमा आएको पुरुषको विषयमा खोजी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्