व्यास १० दुम्सिमा भाद्र १३ गते कृषकहरुबिच तिज गीत प्रतियोगिता हुदै

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १० दुम्सिमा भाद्र १३ गते विहिवार कृषकहरुबिच तिज गीत प्रतियोगिता हुन गईरहेको छ । उक्त प्रतियोगितामा सेयर सदस्य परिवारका महिलाहरु मात्र भाग लिन पाउने, सेयर सदस्य परिवारका महिलाहरुको बढिमा १० जनाको समुहमा सहभागी हुनपाईने, स्थानिय पोशाक झल्कने पोशाक प्रयोग गर्ने समुहलाई बिशेष महत्व दिईने लगायतका नियमहरु राखिएको छ । साथै पछिल्लो समय नेपाली समाजमा फैलदै गरेको विकृति बिंगतिहरुलाई मध्यनजर गर्दै गीतमा संस्थाले संचालन गरेको कारोवार सम्बन्धि, दुध, पशुपालन, पशु बिमा तथा बचत तथा ऋण सहकारी सम्बन्धि बिषयवतु समावेश हुनुपर्ने जनाईएको छ ।

व्यास १० दुम्सिमै रहेको श्री दुम्सि दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा हुने कार्यक्रममा तिज गीत प्रतियोगिताका साथै दर खाने कार्यक्रम पनि राखिएको छ । उक्त प्रतियोगिता विजयी समहुमध्ये पहिलो पुरस्कार ६ केजी घिउ, दोश्रो पुरस्कार ५ केजी घिउ, तेश्रो पुरस्कार ४ केजी घिउ र सान्त्वना पुरस्कार २ केजी घिउ प्रदान गरिने सहकारी संस्थाका सदस्यहरुले मात्र भाग लिन पाउने संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्