१३ भदौ । तनहुँ । दुम्सि दुग्घ उत्पादक सहकारीको तिज गीत प्रतियोगितमा व्यास १० कै दुर्गा काली बिश्वकर्मा समाज पहिलो भएको छ । उक्त दुग्घ उत्पादक सहकारी संस्थाका महिला सेयर सदस्यहरु त्रिच आयोजना गरेको प्रतियोगितामा दुर्गा काली बिश्वकर्मा समाज पहिलो हुन सफल भएको हो । ८ समुहले भाग लिएको उक्त प्रतियोगितामा व्यास १० दुम्सि दरै गाउँको आशा दरैको समुह दोश्रो, व्यास १० खहरेको पुष्पा सापकोटाको समुह तेश्रो र दम्सिकै बिष्णु रिजालको समुह चौथो हुन सफल भएको थियो । प्रतियोगितामा विजयी प्रथम , दोश्रो, तेश्रो र सान्त्वना हुने समुहलाई क्रमश ६ किलो, ५ किलो, ४ किलो र २ किलो घिउ पुरस्कार प्रदान गरिएको थियो । विजयी प्रतियोगिीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिका वडा नं. १० का निवर्तमान् अध्यक्ष तुलसी राम सापाकोटाको दुम्सिमा दुग्घ डेरी स्थापना गर्न निकै संघर्ष गरिएको र आज दुध भनेको के हो ? भनेर प्रश्न गर्ने समुदायलाई पनि यस संस्थामा सक्रिय बनाउन पाउनुका साथै कृषक बनेर बर्षको लाखौ कमाउने बनाउन पाउदा संस्था सफल भएको मान्न सकिने बताउनुभएको थियो ।
संस्थाका अध्यक्ष डिल्ली राम सापकोटाको अध्यक्ष्तामा भएको कार्यक्रममा सापकोटाले आफु कामममा बढि विश्वास गर्ने भएकोले सेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर कृषक मैत्री कार्यक्रमहरु ल्याएको बताउनुभएको थियो ।
संंस्थाका व्यस्थापक सुभाष सापकोटाले संचालन गरेको प्रतियोगिताको निर्णायकको भुमिकामा लोक गायक रमाकान्त ढुगाांना, बिकास रिजाल र मान बहादुर दरै रहनुभएको थियो ।










