तनहुँमा देशभरमा सबैभन्दा बढी १ हजार ६७ जना डेंगु सङ्क्रमित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना डेंगु सङ्क्रमित देखिएका हुन् ।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण देखिएकोमा तनहुँँको छिमेकी जिल्ला कास्कीका ५३६ जनाडेंगु सङ्क्रमित देखिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार माघयताको तथ्याङ्क अनुसार देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।

माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्