खोलामा पुल नहुँदा म्याग्दे ३ का जनतालाई सास्ती

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिको कार्यालय नजिकैका जनता खोलामा साधाराण काले पुल नहुदाँ समस्यामा परेका छन् । वडा नं ३ स्थित भट्टराइंथोक, वेल्टार, निलारे तथा कोइरालाथोकका स्थानीयवासिन्दाले लामो समयदेखि खोलामा पुल नहुदा सास्ती बेहोरिरहेका हुन् । पृथ्वी रगजमागंदेखि करिव १००मीटर उत्तर पनें म्याग्देको ३ स्थित बुढीखोलामा पुल नहदा दैनिक आवातजाबत गर्न समेत कठनाई भएप्र स्थानिय सरकारको मुख ताक्दा ताक्दा हैरान परेर स्थानीयहरुले विकल्पको रुपमा काठका फलेकले प्रत्येक बर्ष पुल निर्माण गर्ने गरेका छन् ।
स्थानीयवासीले सो स्थानमा कुनै समय ठुलै दुर्घटना दहुन सक्ने भएकोले पुल निर्मांणका लागि माग गर्दा पनि स्थानीय सरकारले उक्त स्थानमा पुल निमांणलाइं आफ्नो प्राथमिकतामा नराखेपछि स्थानियहरु आफै जाग्न पुगेका हुन् । दैनिकजसो केटाकेटी, बिद्यार्थी, बृद्धबृद्धा तथा अन्य मानिसहरुको आवत जावत हुने स्थानमा खोला पार गर्न अप्ठ्यारो पर्दा समेत स्थानिय सरकार टुलुटुलु हेरेर बसेको छ  शायद मानविय क्षति हुने दुर्घटना होस् अनि पुल बनाउन लागेउ भनेर फोटो खिचाउन आउने होलान् स्थानिय दिपक भट्टराई बताउनुहुन्छ ।

स्थानीय जनप्रतिनिधीले पुल बनाउनुपर्ने स्थानमा पुल हुनुपर्ने स्थानमा पुल निर्माण नगरिकन सत्ता र पहुचको आडमा अन्य स्थानमा पुल बनाएपछि उक्त स्थानलाई उपेक्षा गरेको स्थानीय वासीको आरोप छ साथै स्थानीयसरकारको स्थापना संगसंगे यस भेगमा विकास आयोजनाले कम प्राथमिकता पाएको स्थानीयवासीको गुनासो रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्