काठमाण्डौ । मकाउ पठाई दिन्छु भनेर पैसा असुल्ने सन्तोष कुमार बि. क. फरार रहेको पिडितको गुनासो गरेका छन् । आफु लगायतका व्यक्तिहरुलाई मकाउ पठाईदिने भन्दै विभिन्न समयमा लाखौ रकम असुल गर्ने स्यागंजा जिल्ला आँधिखोला गाऊँपालिका वडा नं ३ स्थायी घर भई हाल पोखरा, सुकुम्बासी टोलमा बस्ने सन्तोष कुमार बि. क.सम्पर्क बिहिन भई लुकेर हिंडेको पिडितले बताएका छन् । स्वदेशमा रोजगारको समस्या रहेकोले बि.क.ले चितवन, पोखरा, धरान, काठमाण्डौ लगायतका स्थानका युवाहरुलाई आर्कषक जागिरको प्रलोभन देखाई ठगेको पिडितको भनाई छ । ्अपराध अनुसन्धान, टेकु काठमाण्डौ लगायतका विभिन्न निकायमा उजुरी दिदाँ पनि निज बि.क. पक्राउ नभएको र निजले अझै पनि विभन्न स्थानमा ठग्ने क्रम नरोकीएको पिडितको भनाई रहेको छ ।








