तनहुँ । दमौली बजारमा रहेको सुवेदी अटो वर्कसप तथा सुवेदी फेन्सीका संचालकले व्यास ८ की मृर्गौला पिडित प्रीति गुरुगंलाई आर्थिक सहयोग गरेका छन् । सुवेदी अटो वर्कसप तथा सुवेदी फेन्सीका संचालक हेमन्त सुवेदीले आफुले १ दिनको खर्च कटाएर रु १५ सय सहयोग गरेको र आउदाँ दिनहरुमा पनि सहयोगको लागि अगाडि बढ्ने बताएका छन् । सुवेदीले QR code मार्फत सिधै गुरुगंको बैक खातामा रकम ट्रान्सफर गरिदिएका हुन् ।
दुवै मृर्गौला खराब भएर डायलासिस गराईरहेकी २६ बर्षिय प्रीति गुरुगंको ७ बर्षकी छोरी छन् भने गुरुगं आर्थिक अभावले उपचार गराउन पाईरहेकी छैनन् ।








