तनहुँ । व्यास नगरपालिका वडा नं ४ निवासी भाग्यशाली ढुगांनाल व्यास १० दुम्सिमा रहेको गौ संरक्षण केन्द्र र व्यास १० कै बैरेनीमा रहेको उज्यालो घरमा सहयोग आर्थिक सहयोग गरेका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा ढुगाांनाले आफ्ना बुबा स्वर्गिय टिकानिधी ढुगाांना र माता स्वर्गिय बल्लभी मायाको सम्झनामा गौ संरक्षण केन्द्रमा २ हजार १०५ रुपैया, चोकरका पोकाहरु उक्त केन्द्रका उपाध्यक्ष प्रजापति सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
त्यसैगरि ढुगांनाले ७ जना बालबालिकालाई संरक्षण दिएर राखेको उज्यालो घरमा १ हजार १ सय पाँच रुपैया र बालबालिकालाई चकलेट उज्यालो घरका संस्थापक सागर घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । समाजमा रहेपछि आफुले केहि न केहि योगदान दिनुपर्ने भन्दै म बदलिए घर समाज बदलिन्छ हामी बदलियौ भने देश बदलिन्छ भन्दै ढुगाांनाले आउदाँ दिनहरुमा पनि आफु सर सहयोग र समाजसेवामा लागिरहने बताउनुभएको थियो ।










