एनसेलको तारमा अल्झिएर दमौली नजिक मोटरसाईकल चालक सख्त घाईते

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । एनसेलको तारमा अल्झिएर दमौली नजिक मोटरसाईकल चालक सख्त घाईते भएका छन् । मोटरसाईकलमा दमौलीबाट पोखरा जादै गरेका पोखरा महानगरपालिका वडा नं. ५ पर्स्यागंका अनिल खड्का व्यास ५ कन्टारस्थित पृथ्वी राजमार्गमा एनसेलको तार खसेर घाँटीमा बेरिन पुगेर सख्त घाईते भएका हुन् । टावरमा चढेर काम गरिरहेका कामदारले तार छोडिदिएपश्चात खड्काको घाँटीमा तार बेरिन पुगि खड्का मोटर साईकल सहित सडकमा पछारिएर घाईते हुन पुगेका थिए । घाईते भएका खड्काको उद्धार पश्चात दमौलीको रत्नहरि अस्पतालमा प्रारम्भिक उपचार गरि पोखरा रिफर गरिएको छ ।
एनसेलको चरम लापरवाहीको कारण दुर्घटना भएको खड्काको उद्धारमा संलग्न एक व्यक्तिको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्