काठमाडौ । सुनिल तमाङ्ग राष्ट्रिय युवा संघ धादिङ्ग जिल्ला कमिटीको अध्यक्ष निर्वाचित भएका छन् । बिहिबार सम्पन्न ९औं जिल्ला अधिबेशनबाट सुनिल तमाङ्ग सर्बसम्मत निर्वाचित भएका हुन् । उक्त समितको उपाध्यक्ष किरण पाठक सचिबमा गुनु लामा, सह सचिवद्वय राजु तमाङ्ग र गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारी, युथफोर्स बिभाग प्रमुखमा निशान बिशुराल लगायत ५५ सदस्यीय कमिटि निर्वाचित भएको हो ।
राष्ट्रिय युवा संघ नेपालले जनजिविका र युवाहरुको मुद्दाहरुलाई सधै बोकेर हिडिरहेको र आउदा दिनहरुमा पनि ति कामहरु गरिरहने नवनिर्वाचित अध्यक्ष सुनिल तमाङ्गले बताएका थिए ।








