सांकेतिक तस्विर
तनहुँ / नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुन गइरहेको वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट प्रतियोगिता तनहुँको दमौलीमा हुन गईरहेको छ । यहि भाद्र ३० गते दमौलीको विपि वनबाटिकामा हुने छनौट प्रतियोगिताले प्रतिभावान खेलाडीहरु छनौट गर्ने जिल्ला किक्रेट संघ तनहूँले जानकारी दिएको छ ।
दिनको १ बजे हुने छनौट प्रतियोगितामा तनहुँका विभिन्न स्थानहरुबाट खेलाडीहरु आउने र उत्कृष्ट खेलाडीहरुलाई छनौट गर्न पाईने आफुहरुले अपेक्षा लिएको जिल्ला किक्रेट संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिनुभएको छ । साथै इच्छुक खेलाडीहरुले सहभागिताको लागि निम्न नम्बरहरु 9856067308 , 9846055184 मा सम्पर्क गरि नाम टिपाउन पनि अध्यक्ष तिमल्सेनाले आव्हान गर्नुभएको छ ।








