तनहुँ । व्यास नगरपालिकाका ईन्जिनियर रोचक क्षेत्री इन्जिनियरको चुनावमा गण्डकी प्रदेश सदस्य उमेदवार बनेका छन् । नेपाल इन्जिनियर्स एशोसियसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र प्रदेश समितिहरुको समेत एकैपटक शुक्रवार हुने निर्वाचनमा ईन्जिनियर क्षेत्री उमेदवार बनेका हुन् । देशभर १८ हजार ६०१ इन्जिनियर मतदाता रहेको एशोसियसनको चुनावमा व्यास नगरपालिकाका कर्मचारी क्षेत्री लोकतान्त्रिक प्यानलबाट गण्डकी प्रदेश सदस्यको उमेदवार बनेका हुन् । युवा तथा ईन्जिनियरहरुको सुख दुःखमा साथ दिने नेतृत्व आवश्यक भएकोले गण्डकी प्रदेश सदस्य पदमा आफुले अत्याधिक मत पाउने आकांक्षा राखेकोशान्त , सौम्य, कर्तव्यनिष्ठ कर्मचारीको परिचय बनाएका क्षेत्रीले बताएका छन् ।
एशोसियसनको निर्वाचनमा यसपटक मुख्य राजनीतिक दल आबद्ध इन्जिनियरहरुका ६ वटा प्यानल मैदानमा छन् । एमालेकिट प्रगतिशील इन्जिनियर्स एशोसियसनबाट प्रा. डा. बिष्णु प्रसाद पाण्डे, कांग्रेसनिकट लोकतान्त्रिक प्यानलबाट सुवाष चन्द्र बराल केन्द्रिय अध्यक्षका मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
त्यसैगरि नेकपा माओवादी केन्दबाट दीपक श्रेष्ठ, नेकपा एसबाट नन्द बन्जाडे, सीके राउत नेतृत्वको जनमत पार्टीबाट रामेश्वर प्रसाद कलवार र नेपाल मजदूर किसान पार्टीनिकट संगठनबाट राजेन्द्र हाडाको प्यानल खडा भएका छन् ।








