मृर्गौला पिडित कृष्ण न्यौपानेलाई अमेरिकाबाट विजय कार्कीले गरे १५,५१९ रुपैया सहयोग

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १० सेवरका मृर्गौला पिडित कृष्ण न्यौपानेलाई अमेरिकामा रहेका विजय कार्कीले सहयोग गरेका छन् । भानु नगरपालिका वडा नं. ६ मुलावारी घर भई हाल अमेरिकाको नर्थ क्यारोलिना बस्ने विजय कार्कीले न्यौपानेलाई १५ हजार ५ सय १९ रुपैया सहयोग गरेका हुन् । ”एक अर्कालाई सहयोग गर्नुपर्छ र आफुनो सानो सहयोगले कसैको जिवन बचाउन सकिन्छ भने त्यस्तो लागि सधै तत्पर रहनुपर्छ भनेर नै आमा र बुबा दुवै नभएका, मृर्गौला रोगी न्यौपानेलाई सहयोग गरेको” कार्कीको भनाई रहेको छ ।
शरिरमा भएको एउटामात्र मृर्गौला खराव भएपछि निम्न आर्थिक अवस्था भएका आमा र बुबा दुवै नभएका व्यास १० का २७ बर्षिय कृष्ण न्यौपाने आर्थिक सहयोगको अभावमा मृर्गौला प्रत्यारोपण गर्न सकिएको छैन साथै न्यौपानेलाई हप्ताको २ पटक डायलासिस गर्ने जाँदा लाग्ने यातायात, औषधी खरिद लगायतका अन्य खर्च जुटाउन पनि धौ धौ भईरहेको छ । निजलाई सहयोग गर्न चाहने महानुभावहरुले कृष्ण न्यौपानेको खातामा पैसा जम्मा गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्