सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी दमौलीका कर्मचारीहरुले गरे मृगौला रोगीलाई आर्थिक सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । दमौलीमा रहेको सगरमाथा लुम्बिनी ईनसोरे्नस कम्पनी लिमिटेड  (सलिको) का कर्मचारीहरुले शरिरमा भएको एउटा मृगौला बिग्रिएर उपचारमा आर्थिक अभाव झेलिरहेका कृष्ण न्यौपानेलाई सहयोग गरेका छन् । सलिको दमौली शाखामा रहेका कर्मचारीहरु पवनसिंह कार्की, शिव पौडेल, सन्तोष थापा, कमलादेवी सापकोटा र दिव्या रानाले सम्युक्त रुपमा न्यौपानेलाई ४ हजार रुपैया सहयोग गरेका हुन् । सलिकोले ईन्सोरेन्स मात्र  नगरि  मानव सेवाको लागि पनि काम गर्ने भएकोले आफुहरुले केही रकम खराब मृगौलाको उपचार गराईरहेका न्यौपानेलाई सहयोग गरेको उनीहरुले बताएका छन् ।
बालक कालमै आमा बुबा गुमाएका २७ बर्षिय न्यौपानेलाई मृगौला प्रत्यारोपण गर्नको लागि आर्थिक अभाव झेलिरहेका  छन् र हाल हप्ताको २ पटक मृगौलाको डायलसिस गरिरहेका छन् ।
व्यास १० सेवरका उनी केहि समय अगाडिसम्म अरुको पसलमा काम गरेर जीवन निर्वाह गर्ने गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्