सप्तरीमा धानखेतमा २८ बर्षिय ईश्वर पोखरेलको शव भेटियो

साभार
  • ख-
  • ख+

२ असोज, जनकपुरधाम । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव फेला परेको छ ।

वडा नम्बर ६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय शनि चौधरीको खेतमा फेला परेको हो ।

उनको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले बताए ।

परिवारजनका अनुसार विश्वकर्मा पूजाको अवसरमा पोखरेल महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए । वैदेशिक रोजगारीमा रहेका पोखरेल १५ दिनअघि आमा बितेपछि किरिया गर्न घर फर्केका थिए ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्