राजेन्द्र सोतीद्धारा मृगौला रोगीलाई ५ हजार सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं १० डिहिगाउँका राजेन्द्र सोतीद्धारा मृगौला रोगीलाई ५ हजार रुपैया सहयोग गर्नुभएको छ । व्यास १० सेवरका मृगौला रोगी कृष्ण न्यौपानेलाई सोतीले ५ हजार रुपैया सहयोग गर्नुभएको हो । शरिरमा भएको एउटा मृर्गौला खराब भएर उपचारमा आर्थिक अभाव भएको सुनेर निजलाई सहयोग गर्न आफु आएको उक्त अवसरमा सोतीले बताउनुभएको थियो । न्यौपानेलाई आर्थिक सहयोग गर्ने सोती तनहुँको शुक्ला गण्डकी नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
निम्न आर्थिक अवस्था भएका, आमा र बुबा दुवै नभएका कृष्ण न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् भने सहयोग अभियान संचालन भएपछि स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले सिधै कृष्ण न्यौपानेको खातामा रकम जम्मा गरिदिनुभएको छ ।
आमाबुबा नभएका २७ बर्षिय न्यौपानेलाई हप्ताको २ पटक डायलासिस गर्नुपर्ने हुदाँ यातायात खर्च, औषधी खरिद खर्च जुटाउन मुस्किल पनि मुस्किल भईरहेकोले निजलाई सहयोग गर्न चाहने महानुभावहरुले कृष्ण न्यौपानेको खातामा पैसा जम्मा गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्