अनन्त बचत तथा ऋण सहकारी संस्थाले गर्यो मृगौला रोगीलाई ५ हजार ५५५ रुपैया सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं १० सेवरका मृगौला पिडित कृष्ण न्यौपानेलाई व्यास १० डिहिगाउँमा रहेको अनन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । संस्थाका पदाधिकारीहरु आज निवासमा गई न्यौपानेलाई ५ हजार ५५५ रुपैया हस्तान्तरण गर्नुभएको हो । संस्था सामाजिक तथा मानविय सहयोगका कार्यहरु पनि गरिरहेकोले असहाय, अशक्तहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने हेतुले सहयोग गरेको उक्त अवसरमा संस्थाका अध्यक्ष अर्जुन गुरुगंले बताउनुभएको थियो ।
निम्न आर्थिक अवस्था भएका, आमा र बुबा दुवै नभएका कृष्ण न्यौपानेलाई सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष अर्जुन गुरुङ, सचिव बाबुराम मिश्र, कोषाध्यक्ष मदन तिमल्सेना, सदस्यहरु इश्वर प्रसाद पौडेल , रिता पौडेल, हरि ढकाल, रामचन्द्र कोइराला, पुर्णचन्द्र अधिकारी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्