मृत भेटिइन् वडा सदस्यकी प्रेमिका

  • ख-
  • ख+

कैलाली। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा सदस्य निरज चौधरीको घरमा वहाँकी प्रेमिकाको शव भेटिएको छ । चौधरीको घरमा चौधरीको प्रेमिका अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीको भनाई रहेको छ ।
लामो समयदेखि अन्जितासग प्रेम सम्बन्धमा रहेका चौधरीले अरुसग युवतीसँग विहे गरेपछि दुईबिच विवाद भएको थियो । विवाद पश्चात अञ्जिताको परिवारले अन्जितालाई निरज चौधरीको घरमा छोड्नुभएको थियो । छलफलको क्रममा निरजले अन्जितालाई श्रीमती बनाएर राख्न राजी भएको परिवारको भनाई रहेको छ ।
तर, आइतबार बिहान झुण्डिएको अवस्थामा अन्जिताको शव भेटिएको हो । कुनै प्रमाण नभएकोले आत्महत्या या हत्या बुझ्नको लागि विभिन्न पक्षबाट अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीको भनाई रहेको छ । प्रारम्भिक अनुसन्धानमा २२ वर्षीया चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ तर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्