तनहुँ । व्यास नगरपालिका वडा नं १० की वडा सचिव लक्ष्मी अधिकारीद्धारा आफ्नो जन्मदिनको अवसरमा मृगौला रोगीलाई ५ हजार ५ रुपैया सहयोग गरेकी छिन् । वडा सचिव अधिकारीले मृगौला रोगी कृष्ण न्यौपानेलाई आफै उपस्थित भई उक्त रकम सहयोग गरेकी हुन् ।
”अघिल्ला बर्षहरुमा जन्मदिनको अवसरमा विभिन्न संस्थाहरुमा दान गर्ने गरेको र यसपटक सामाजिक संजालमा आमा र बुबा दुवै नभएका, निम्न आर्थिक अवस्था भएका मृगौला रोगी न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् भन्ने सुनेर आफुले उक्त रकम सहयोग गरेको ” अधिकारीले बताएकी छिन् ।
शरिरमा भएको एउटामात्र मृगौला पनि खराब भएपछि हप्ताको २ पटक डायलासिस गरिरहेका २७ बर्षिय न्यौपाने आर्थिक सहयोग जुटाएर मृगौला प्रत्यारोपण गर्ने अभियानमा छन् । कृष्ण न्यौपाने बचाउँ अभियान शुरु गरेपछि स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेकोछ ।








