तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी, तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ध्यानाकर्षण पत्र बुझएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, तनहुँका सभापती बिश्व बास्तोलाको नेतृत्वमा गएको टोलीले विपद् व्यवस्थापनमा राज्यकोपूर्वतयारी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोनूपरेको पीड़ादायी घटनाप्रति राष्ट्रिय स्वतन्र पार्टीको ध्यानाकर्षण भएको र मौसम पुर्वानुमान महाशाखाले पुनः केहि दिन पानी पर्ने सुचना जारी गरेको, दशै लगायतका मुख्य चाड़वाडहरु नजिकिंदै गइरहेको अवस्थामा सम्भावित विपद्को पूर्व तयारीका साथै निष्पक्ष राहत वितरण गर्न, वजारको सु व्यवस्था कायम राख्न ध्यानाकर्षण गराउँंदछौं भनिएको छ ।
उक्त ध्यानाकर्षणमा रास्वपा तनहुँले बाढिको कारण तनहुँ जिल्लाका मुख्य राजमार्गका साथै बुद्ध सिंह मार्ग लगायतका ग्रमिण सड़कहरू क्षतिग्यस्त भै चाड़वाडको समयमा आवागमनमा असुविधा भएको र यात्रा जोखिमपूर्ण भएको हुँदा तत्काल सड़क डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सम्वन्धित पालिकाहरुसंग समन्वय गरी सड़क मर्मत गरी दशैमा सहज आवागमनको व्यवस्था मिलाउन पनि भ्यानाकर्षण गरिएको छ ।
चाड़बाडको बेलामा चोरी डकैती तथा अपराधिक घटना धेरै बढ़ने भएको हुँदाँ सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गर्नका साथै चाडपर्व नजिकीदै अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृतिम अभाव श्रृजना गरिएको, कालो बजारले प्रशय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झूक्याउने प्रयास गरिएको, मुल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवुद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अबिलम्ब अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशिघ्र र प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउँदछौ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र हस्तान्तरणको कार्याक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, तनहुँका सभापती विश्व बास्तोला, रास्वपाका जिल्ला नेताहरु सूर्यमणी पौडेल, पदमराज न्यौपाने, चुडामणी दाहाल, मनोज अधिकारी, सूर्यचन्द्र लम्साल, सूर्यबहादुर के.सी. लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।