अनन्त बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं १०  डिहिगाउँको अनन्त बचत तथा ऋण सहकारी संस्था को १५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि अनन्त बचत तथा ऋण सहकारी संस्था संस्थापक  हरिभक्त अधिकारी आतिथ्यतामा भएको थियो । उक्त अवसरमा अधिकारीले   अनन्त सहकारीको स्थापना २०६६ सालमा भएको  र सहकारीले पछिल्लो समयमा यस ठाउँ वरपरकालाई पनि निकै राम्रो सेवा सुबिधा दिएको बताउनु भएको थियोे  । कार्यक्रममा डिहिकुना टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारी, सेवर टोल विकास संस्थाका अध्यक्ष टुम प्रसाद तिमल्सेना, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष होम राना, डिहिगाउँ खानेपानीका अध्यक्ष मोहन शाखी, अनन्त युवा क्लवका अध्यक्ष राजु भुजेल लागाएतको सहभागी रहेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्षले अर्जुन गुरुङले अध्यक्ष प्रतिवेदन, सचिव बाबुराम मिश्रले आफ्नो प्रतिवेदन, कोषाध्यक्ष मदन तिमल्सेनाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक रघु तिमल्सेनाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्