तनहुँ । व्यास नगरपालिका वडा नं ११ सेवर, रातामाटका अर्जुन ढकालले मृगौला रोगी कृष्ण न्यौपानेलाई ४ हजार ५ सय रुपैया सहयोग गरेको छन् । रोजगारीको सिलसिलामा बतारमा रहेका ढकालले व्यास १० का मृगौला रोगी न्यौपानेलाई उक्त रकम सहयोग गरेका हुन् । आफ्नो गाउँठाउाको भर्खरको युवा आर्थिक अभावमा छट्पटिएको सुनेर आफुले सानो सहयोग गरेको ढकालले बताएका छन् ।
सानैमा आमा र बुबा गुमाएका, निम्न आर्थिक अवस्था भएका मृगौला रोगी न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् भने मृगौला ारेगी कृष्ण न्यौपाने बचाउ अभियान संचालन भएपछि स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले न्यौपानेलाई भेटी वा कृष्ण न्यौपानेको खातामा रकम जम्मा गरिदिएका छन् ।
आर्थिक सहयोग जुटेपछि मृगौला प्रत्यारोपण गरिने कताउने न्यौपानेले हाल हप्ताको २ पटक डायलासिस गरिरहेका छन् ।








