तनहूँ । व्यास नगरपालिका वडा नं. १४ केशवटारकी दुवै मृर्गौला खरावी भएर सहयोगको आव्हान गर्नुभएकी मेगीसरा थापाको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
ब्यास नगरपालिका वडा नं. १४ की बासिन्दा हाल हाल कम्बोडियामा ब्यापार ब्यबसाय गर्दै बस्नुभएकी रजनी रानाले मेगिसराको लागि ११ हजार सहयोग गर्नुभएको छ । ” आर्थिक अभावमा उपचार गर्न नपाएका मानिसलाई विदेशमा बसेपनि सम्झने मनकारी सहयोगी रजनी रानालाई जति धन्यवाद दिए पनि कम हुने ” मेगीसरा थापा बचाँउ अभियानका सदस्य मनोज सुवर्णकारले बताउनुभएको छ ।
आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भईरहेपछि केशवटार युवाहररुले ३५ बर्षिय मेगीसरा थापा बचाँउ अभियान शुरु गर्दै आर्थिक संकलन गर्नुभएको छ ।
१ बर्षदेखि मृर्गौला खराब भएकी मेगीसरा थापा पुरानो मेडिकल कलेज चितवनमा उपचार गरिरहनुभएको छ । वहाँको उपचारको लागि सहयोग गर्न चाहने महानुभावहरुले मेगीसरा थापा बचाँउ अभियानका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
युवराज आले ९८४९२१६५४९, , कुल थापा ९८४६०९१२९५, गोपाल थापा ९८४६६३९७००, मनोज सुर्वणकार ९८४६०५५१८४, दलबहादुर थापा ९८१५१३४९१८, धन बहादुर थापा ९८०६६७०७७५, दिपक थापा ९८१८५९५३००, नरबहादुर थापा ९८१७१४०१५६, लक्ष्यमण आले ९८४६२७४२९१