ट्याक्टरले ठक्कर दिँदा मध्यनेपाल ४, दुइपिप्लेमा पैदलयात्रीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

लमजुङको मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले नजिकै बगैंचामा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
ग१त ६३५५ नम्बरको ट्याक्टरको ठक्करबाट मध्यनेपाल नगरपालिका ४, वाग्लेफाँट बस्ने ३५ वर्षिया सुकमाया दुराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुइपिप्लेबाट रिस्ती जाँदै गरेको ट्याक्टरले पैदलयात्रीलाई सोमबार दिउँसो १ बजेतिर ठक्कर दिएको थियो । लमजुङमा उपचार हुन नसकी गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले दुरालाई मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्याक्टर चालक मध्यनेपाल नगरपालिका ४, बैराठ बस्ने २० वर्षिया सुमन विक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
लमजुङ खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्