शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुजित हिराचनको पल्ला भारी हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुजित हिराचनको पल्ला भारी हुदै गईरहेको उक्त क्षेत्रका व्यापारी व्यवसायीको भनाई रहेको छ । कार्तिक ३ गते हुने तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएका हिराचनको पक्षमा अधिकांश उद्योगी व्यवसायीहरु रहेको कारण पनि हिराचन सजिलै विजयी हुने हिराचनको पक्षमा मत माग्दै हिडेका व्यवसायीहरुको भनाई छ ।
नम्र, मिलनसार, सबैलाई सहयोग गर्न तत्पर रहने र सबैसग समन्वय गर्न सक्ने हिराचनलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी बनाएपछि उद्योगी व्यवसायीको आवाज बुलन्द गर्ने विश्वास रहेकोले पनि हिराचनको पक्षमा धेरै उद्योगी व्यवसायीहरु रहेको उनीहरुको दावी छ ।
आदिवासी जनजाती महासंघ तनहुँका अध्यक्ष रहेका हिराचन लायन्स क्लब लगायत विभिन्न संस्थामा आवद्ध छन् ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि सुजित हिराचन र समुन्द्रराम श्रेष्ठको उमेदवारी परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्