तनहुँ । हाम्रो गाउँ, हाम्रो खेलाडी, फुटबल चम्काउने तयारी भने नाराको साथमा
तेस्रो नव कप तनहूँ च्याम्पियनसिप -२०८१ कार्तिक ६ गतेबाट व्यास १ भाँदगाउँमा संचालन हुने भएको छ ।
उक्त च्याम्पियनसिप -२०८१ पुरुष फुटबल प्रतियोगिता बारे आज पत्रकार सम्मेलन गरि जानकारी प्रदान गरियो ।
निर्मल मा वि. को खेल मैदानमा खेल हुने नव कपको ९० प्रतिशत तयारी पुरा भई सकेको उक्त अवसरमा क्लवका कोषाध्यक्ष विपिन गौलीले जानकारी दिएका थिए साथै गौलीले तेस्रो नव कप तनहूँ च्याम्पियनसिप -२०८१ मा नौ टिमको सहभागी रहने र १३ लाख रुपैयाँ खर्च अनुमान गरिएको पनि जानकारी दिएका थिए ।
पत्रकार सम्मेलनमा क्लबका निर्वतमान अध्यक्ष सोनम तमाङले दोस्रो नव कप पनि सव्य र भब्य रुपमा सम्पन्न गरेको जानकारी दिएका थिए साथै तमाङ तेश्रो नव कप पनि सबैको साथ सहयोगले सब्य र भव्य रुपमा सम्पन्न हुनेमा विश्वास लिएको बताएका थिए ।टिम प्रवेश शुल्क १० हजार रहेको र प्रथम हुनेलाई १ लाख ५० हजार ८१, दोस्रो हुनेलाई ७५ हजार ८१ रुपैयाँ र सेमिफाईनबाट प्रत्येक खेलको म्यान अफ द म्याच पुरस्कारको पनि ब्यवस्था भएको पनि उक्त पत्रकार सम्मेलनमा जानकारी दिईएको थियोे ।








