आँबुखैरेनीमा बजार अनुगमनः हजारौ रुपैयाका सामाग्री नष्ट

रवि अधिकारी
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बजार अनुगमन गरिएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिको संयोजक एंवम् पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । सो क्रममा आँबुखैरेनी गाँउपालिकाका प्रमुख शुक्र चुमान, बजार अनुगमन समितिको प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवम् प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा एवम् आँबुखैरेनी उद्योग वाणिज्य संघका प्रतिनिधि, आँबुखैरेनी इलाका प्रहरी कार्यालयका प्रमुख टेक प्रसाद सुवेदी, औषधी व्यवसायी संघको प्रतिनिधि लगायत स्वास्थ्य शाखा संयोजक प्रशासन एवम् गाउँपालिकाका कर्मचारीहरुको संयुक्त अनुगमन टोलीलेआँबुखैरेनी ३ आँँबुखैरेनी बजारका विभिन्न किनारा पसल, होटल, डिपार्टमेन्टल स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ४१ वटा पसलमा अनुगमन गरिएको थियो। सो क्रममा करिब १८ हजार रुपैया मुल्य बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु विस्कुट कोकोकोला, फ्रेन्टा, मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल गरी विभिन्न पसलबाट सामान बरामद गरी नष्ट गरिएको थियो। सो क्रममा उक्त व्यवसायीलाइ सचेत गराइएको थियो। सो अनुगमन टोलीलाई आँबुखैरेनी गाँउपालिकाका जनप्रतिनिधिहरू एवम् सबै कर्मचारीहरुहरुले सहयोग गर्नु भएको थियो। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले आवश्यक निर्देशन सहित सचेत गराउनु भएको र पुन अनुगमनको क्रममा उक्त व्यवसयीहरुको गल्ति कमजोरी दोहोरीएको भेटिएमा कडा कार्वाहि गरिने समेत जानकारी गराउनु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्