तनहुँको म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

म्याग्दे गाँउपालिकाले यहि असोज ६ गते देखि संचालन गरेको एकिकृत घुम्ति शिविर आज सम्पन्न भएको छ ।
पालिका अन्तरगत रहेको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर संचालन गरिएको हो ।
एकीकृत घुम्ति शिविरमा करिव ८ हजारलाई विभिन्न सेवा दिईएको पालिकाले जनाएको छ । पालिका भित्रका विभिन्न वडाका टोलहरुमा पुगेर सेवा दिएको घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईएको थियो भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, बिभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईएको थियो ।
शिविरमा पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु उपलव्ध गराईएको थियो भने भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले वताउनुभयो ।
आम जनतामा पालिकाको सेवा टोल टोलमा पुरयाएर स्थानिय सरकार भएको आभास दिईएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । सर्वसाधारणको आवश्यकताका आधारमा हरेक वर्ष विभिन्न शिविर संचालन गरेका छौ, जुन सेवाले आम जनता पुर्ण रुपमा लाभान्वित वनोस, अध्यक्ष श्रेष्ठले भने । जनताको आवश्यता अनुसार पालिका अगाडी वढ्ने हो, त्यसैको सिलसिला स्वरुप हामीले स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि संचालन गरिसकेका छौ । जनताको स्वास्थ्य भन्दा अन्य ठुलो वस्तु केही नभएको हुदाँ सोही अनुरुप कार्यक्रम संचालन गरिने समेत अध्यक्ष श्रेष्ठले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?