तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले अघिल्ला जनप्रतिनिधिहरुले गरेका कामहरु सम्पन्न गर्दै विकास निमार्ण नयाँ योजनालाई अगाडी बढाएको बन्दिपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताउनुभएको छ । प्रशस्त पर्यटकिय सम्भावना भएको बन्दिपुरलाई पर्यटकलाई आकर्षित गर्न बजारक्षेत्र, होमस्टे, गाउँघर, बाटोघाटो चुस्त दुरुस्त राख्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभएको छ । बन्दिपुरको शिक्षाक्षेत्रमा पनि सुधार गर्नका लागि विद्यालय मर्जर नीति लागु गरिएको र जनप्रतिनिधि तथा कर्मचारीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्ने नीति ल्याईएको पनि आचार्यले बताउनुभएको थियो ।
स्वास्थ्य क्षेत्रमा पनि आधारभुत तहको सेवा उत्कृष्ट बनाउन पनि गाउँपालिकाको मातहत संचालित अस्पताल बन्दिपुर अस्पताल चुस्त दुरस्त राख्न पनि गाउँपालिकाबाट बिशेष पहल भईरहेको र अस्पतालको शाखा डुम्रे बजारमा बिस्तार गर्न लागेकोले पनि स्वास्थ्य सेवाबाट बन्दिपुर गाउँपालिकावासीले अझै सेवा पाउने पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभएको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज आचार्यले जनप्रतिनिधिहरुमा जनताको काम गर्ने भरपुर ईच्छाशक्ति भएको कारण शिक्षा , स्वास्थ्य, कृषि , पर्यटन लगायतका क्षेत्रमा निकै राम्रो काम हुन सक्ने पनि बताउनुभएको थियो ।