काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अघिल्ला निर्वाचनमा संघिय संसदको निर्वाचन लडेका र नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् । विद्यार्थीकालदेखि कम्युनिष्ट राजनीतिमा लागेका मानन्धर कानुन व्यवसायी समेत हुन् ।
गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको राप्रपाले ध्रुव महर्जन उम्मेदवार तोकेको छ भने अन्य दलहरुले पनि तोक्ने क्रम जारि छ ।