पोखरा एभेन्जर्सका टोलीलाई जिल्ला क्रिकेट संघ तनहुँले मंसिर ३ गते दमौलीमा स्वागत तथा सम्मान गर्ने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । एनपिएलमा सहभागी हुन लागेको गण्डकी प्रदेशको पोखरा एभेन्जर्सको क्रिकेट टोलीलाई जिल्ला क्रिकेट संघ तनहुँले मंसिर ३ गते दमौलीमा स्वागत तथा सम्मान गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुनु अघि पोखरा आउनु लागेको टोलीलाई दमौलीमा स्वागत तथा सम्मान गर्न लागिएको हो । उक्त टोलीलाई स्वागत तथा सम्मान गर्न पाउदा जिल्ला क्रिकेट संघ तनहुँ गौरवान्वित भएको जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले बताएका छन् ।
राष्ट्रिय टिमका खेलाडी कुशल भुर्तेल उक्त टोलीको मार्की खेलाडी रहेको टालीमा ४ जना बिदेशी खेलाडीहरुलाई अनुवन्ध रहेको र टिमलाई यसरी स्वागत र सम्मान गर्दा खेलाडीहरुको आत्मबल बढ्न मद्धत पुग्ने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताएका छन् ।

टिमले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मुस्ताङको लोमान्थाङ पुगेर सार्वजनिक गरिएको जर्सीको भिडियो सार्वजनिक गरेको थियो ।
टिमका प्रमुख सल्लाहकार एवं मेन्टर दक्षिण अफ्रिकी जोन्टी रोड्सले हुन् भने पोखरा एभेन्जर्सका ब्राण्ड एम्बासडर तथा कलाकार सन्दीप क्षेत्री रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्