पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ बर्षको उमेरमा निधन

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको छ। कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाण्डूको एक निजी अस्पतालमा आइतवार दिउँसो २ बजे ढुङ्गानाको निधन भएको हो।

ढुङ्गानाको कलेजोमा चार महिना अघि ट्यूमर पहिचान भएको थियो। केही समय काठमाण्डूमा उपचार गराएर उप उपचारका लागि उनी भारतको नयाँ दिल्ली गएका थिए।

आइतवार मध्यान्हबाट अचानक श्वासप्रश्वासमा समस्या भएपछि ढुङ्गानालाई काठमाण्डूको मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्‍याइएको थियो।

नेपालमा प्रजातन्त्र आएपछि विसं २०४८ सालबाट २०५१ सालसम्म सभामुख रहेका ढुङ्गानाले विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि भूमिका निर्वाह गरेका थिए।

ढुङ्गानाका दुई जना छोरा र एक जना छोरी छन्। उनकी श्रीमती भुवन कोइराला ढुङ्गाना प्रसिद्ध कवि हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्