बन्दीपुरमा मङ्सिर ४, ५ र ६ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ।

बियोन बोर्डर्स तथा युनिभर्सिटी अफ तस्मानियाको प्राविधिक सहयोग र बन्दीपुर गाउँपालिका तनहुँको संयुक्त आयोजनामा निःशुल्क विद्यालय स्तरीय स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो।

शिविरमा बालरोग विशेषज्ञद्वारा बालबालिकाहरूको स्वास्थ्य परीक्षण दन्तरोग विशेषज्ञहरूद्वारा बालबालिकाहरूको दन्त परीक्षण, स्त्री तथा प्रसुति रोग विशेषज्ञद्वारा महिलाहरूमा हुने पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण हुनेछ ।

शिविर यही मङ्सिर ४, ५ र ६ गते हुनेछ। मङ्सिर ४ गते बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ स्थित सेराटारमा, मङ्सिर ५ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित धरमपानी स्वास्थ्य चौकीमा र मङ्सिर ६ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा हुनेछ।

शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा लिनुहुन सबैमा गाउँपालिकाले अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्