तनहुँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) तनहूँ जिल्ला शाखाको १२ अौ वार्षिक साधारण सभा तथा छैटौ जिल्ला अधिवेशन व्यास ५ को मानहूँकोट रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रम कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान ) तनहूँ जिल्ला शाखा अध्यक्ष विश्व प्रकाश भुसालको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, विशिष्ट अतिथि कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रिय सदस्यहरु चिन्तामणि बस्तोला, तुलसिराम पाण्डे, अतिथिहरु संस्थापक अध्यक्ष खेमराज अधिकारी, जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, क्यान तनहूँका पुर्व अध्यक्ष टिका पनेरु , इन्द्र वहादुर थापा, अधिबक्ता कानुनी सल्लाहकार शिवदत्त ढकाल समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कम्प्युटर एसोसिएसन नेपाल महासंघ तनहूँ जिल्ला शाखले समाजिक क्षेत्रमा निकै राम्रो काम गर्दै आएको बताएका थिए । साथै उनले अहिले प्रविधिको सदुपयोग भन्दा पनि धेरै दुरुपयोग भएको बताएका थिए । उक्त अवसरमा श्रेष्ठले प्रविधिलाई सदुपयोग गर्ने हो भने देशले समेत फड्को मार्ने पनि बताएका थिए।
कार्यक्रममा क्यानका संस्थापक अध्यक्ष खेमराज अधिकारी, जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, क्यान तनहूँका पुर्व अध्यक्ष टिका पनेरु , इन्द्र वहादुर थापा शुभकामना मन्तव्य राखेका थिए।
क्यान तनहूँका कोषाध्यक्ष मिन कुवारले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेरका थिए ।
कार्यक्रम क्यान तनहूँका सचिव सुशील कुमार श्रेष्ठ संचालान गरेका थिए ।
अधिवेशनबाट क्यान तनहुँको नयाँ कार्यसमितिमा अध्यक्ष सुशील कुमार श्रेष्ठ, उपाध्यक्ष सीता पाण्डे, सचिब मिन कुवँर सह-सचिब उमेश भुसाल, कोषाध्यक्ष राम प्रसाद भुसाल, सदस्य श्रवन श्रेष्ठ ,सदस्य कृष्ण प्रसाद भुसाल, सदस्य रन्जन सुनार, सदस्य पवन पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।








