कम्प्युुटरमा भाइरस छिरेर राहदानी सेवा रोकिएपछि सेवाग्राही मर्कामा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेरपछि राहदानी सेवा अवरुद्ध भएर राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । विभागले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला तथा ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगको राहदानी सेवा पुर्ण रुपमा बन्द गरेको राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगमासेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको विभागका महानिर्देशक तिर्थराज अर्यालले जानकारी दिए । उनका अनुसार राहदानी सेवा पूर्ण रूपमा कार्य प्रारम्भ हुन एक देखि दुई हप्तासम्म लाग्न सक्ने देखिएको छ ।

राहदानी विभागबाट आंशिक रूपमा सेवा दिन सुरु भइसकेको विभागका महानिर्देशक अर्यालले दाबी गर्दै यस अघि नै फाराम भर्ने सेवा ग्राहीलाई सेवा प्रदान सुरु गरिसकिएको र एक दुई दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि वुकिङ्ग खुला गरिने भएको छ ।

भाईरस देखापरे पछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको विभागले दाबी गर्दै धैर्यता अपनाउनका लागि सबैलाई आग्रह पनि गरेको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको विभागले जनाएको छ ।

विभागले आ–आफ्नो जिल्ला तथा ईलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्बन्धित निकायबाट जानकारी लिन आग्रह गरेको छ ।

साथैः सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको भन्दै विभागका महानिर्देशक अर्यालले सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्