गण्डकी प्रदेशका भोतिक मन्त्रीद्वारा तनहुँका यातायात र पुर्वाधार कार्यालयको निरिक्षण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँका यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली विहिबार उक्त कार्यालयको निरीक्षणमा पुगेको हो ।

यातायात कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए । कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ वटा योजना परेको छ । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताए ।
मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिए । काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दुःख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गरे ।

मन्त्री केसीले विहिबार नै नेकपा एमाले तनहुँको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटभाट गरेका छन् । मन्त्री केसीले बोल्दै गौरवका योजना निर्माण र यस अघि सुरु भएको भएको निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्यहरु एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकाल,राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेना लगायतले मन्त्री केसी समक्ष तनहुँका योजनाहरुको बारेमा जानकारी गराएका थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?