बेसीशहर । लमजुङको सदरकमुकाम बेंसीशहरस्थित त्रिवेणी युवा क्लवले क्लवका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष भेषबहादुर पौडेललाई सम्मान गरेको छ ।
गत महिना गण्डकी प्रदेश सरकारको वन तथा मन्त्री नियुक्त भएका पौडेललाई क्लवले सम्मान गरेको हो । बेंसीशहरमा शनिबार आयोजित त्रिवेणी कप फुटवल प्रतियोगिता हुनेबारे पत्रकार भेटघाट कार्यक्रममा क्लवले मन्त्री पौडेललाई सम्मान गरेको हो ।
क्लवका अध्यक्ष राजकुमार घिमिरेले मन्त्री पौडेललाई सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रममा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर गुरुङ, उपाध्यक्षद्धय खुशीजङ गुरुङ र टेकजंङ गुरुङ, कोषाध्यक्ष प्रकाश घले, सचिव प्रविन वाग्लेलगायतको उपस्थिति थियो ।
लमजुङ प्रदेश ‘२’ बाट निर्वचित नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल निर्वाचित भएको करिब २ वर्षमा गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् ।