युनाइटेड नेचर इन्टरनेसनल पिस ९ग्ल्क्ष्एग्ल्० नेपाल र बंगलादेशका ग्ल्क्ष्एग्ल् सदस्यहरूको विशेष उपस्थिति तथा सहकार्यमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं। १ अन्तर्गत फलामे साँघु–ताङ्लीङ क्षेत्रका बाढी तथा पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ।
केही समयअघि नेपालमा आएको बाढी र पहिरोले पुर्याएको अपूरणीय धनजन क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले रोशी खोलाबाट प्रभावित ८४ परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो। चिसो मौसममा यस सहयोगले पीडितहरूलाई दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको उद्घाटन युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा। राजु लामा कोन्दनले राहत सामग्री रोशी गाउँपालिका वडा नं। १ का कार्यबाहक अध्यक्षलाई हस्तान्तरण गरी गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा भिक्षु डा। राजु लामा कोन्दनले सम्बोधन गर्नुभयो भने विशेष अतिथिका रूपमा युनाइटेड नेचर इन्टरनेसनल पिस बंगलादेशका अध्यक्ष डा। राजु शाहले मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सभापतित्व रोशी गाउँपालिकाका कार्यबाहक अध्यक्षले गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सदस्य दीपक चन्द्र गौतमले गर्नुभयो भने संयोजन ग्ल्क्ष्एग्ल् नेपालका सदस्यहरू दीपेश माझी र सुर्य कार्कीले गर्नुभएको थियो।
स्थानीय तहसँगको सहकार्यमा आयोजित यस राहत कार्यक्रममा बंगलादेशबाट आएका ग्ल्क्ष्एग्ल् सदस्यहरूको उपस्थिति र सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले बताएका छन्।
पीडित परिवारले संकटको समयमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै, युनाइटेड नेचर इन्टरनेसनल पिसले दिएको राहत सामग्रीले ठूलो मद्दत पुर्याएको जनाएका छन्।
संस्थाले समाजसेवा र आपतकालीन राहतका लागि यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








