ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय टेक्टर चालक रामकृष्णको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

२३ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका(६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।

रुपन्देहीको मायादेवी ६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा ११ गणेशनगरमा इँटा पुर्‍याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।

ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक नेपालीले बताए । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान हुने उनले बताए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्