किरण श्रेष्ठ रोटर्‍याक्ट दमौलीको रोटा वर्ष २०२६/२७ को अध्यक्षमा चयन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६/ २७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।

रोटा वर्ष २०२६/ २७ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएको क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

चालु रोटा वर्ष २०२४/२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने छन । २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ । क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६/२७ का लागि अध्यक्षमा चयन गरेको हो ।

विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६/२७ मा क्लबको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।

रोटा वर्ष २०१६/१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थालेका उनले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । साथै उनी रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । उनले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्