नेपाली सेनामा भर्ना खुल्यो, पण्डितदेखि नर्ससम्मलाई अवसर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राडर प्राविधिक र हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो ।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ ।

केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

हेर्नुहोस् दरखास्त आह्वानको सूचना–

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्